एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरब पदक’बाट सम्मान गर्ने

नेपालभ्युज

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरब पदक’बाट सम्मान गर्ने

काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरब पदक’ बाट सम्मान गर्ने भएको छ ।

ललितपुरको गोदावरीमा शनिवार सुरू भएर आइतबार सकिएको पार्टीको पहिलो प्रतिनिधि परिषद्को बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेको भण्डारीलाई सम्मान गर्ने प्रस्तावमा प्रतिनिधिहरूले सहमति जनाएका हुन् ।

प्रस्ताव प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार हीरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताए ।

पूर्वराष्ट्रपति भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुन् । त्यहीबीच उनी राष्ट्रपति बनिन् । उनले दुई कार्यकाल राष्ट्रपति पद सम्हालिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved