निर्वाचन आयोगविरुद्ध रेशमले हालेको मुद्दा ‘हेर्न नभ्याइने’मा

नेपालभ्युज

निर्वाचन आयोगविरुद्ध रेशमले हालेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । रेशम चौधरीले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२औं नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरेका थिए । गत पुस २७ गते कैलालीको टीकापुरमा भएको नाउपाको प्रथम महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

तर, आयोगले उनलाई वैधानिकता दिएन । यसपछि उनी त्यसविरुद्ध अदालत पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved