‘मन पर्दा देवत्वकरण र नपर्दा दानवीकरण गर्ने प्रवृत्ति बढ्यो’

'प्रसाईंको पार्टी प्रवेशबाट पार्टीले सिक्नुपर्छ'

नेपालभ्युज

‘मन पर्दा देवत्वकरण र नपर्दा दानवीकरण गर्ने प्रवृत्ति बढ्यो’

काठमाडौं । नेकपा (एमाले) भित्र मन पर्दा ‘देवत्वकरण’ र नपर्दा ‘दानवीकरण’ गर्ने प्रवृत्ति बढेको भन्दै प्रश्न उठेको छ ।

शनिवारयता ललितपुरको गोदावरीमा जारी पहिलो महाधिवेशन परिषद् बैठकमा पार्टीको सल्लाहकार परिषद्ले यस्तो प्रश्न उठाएको हो । परिषद्ले प्रतिवेदनमा नै लेखेर यस्तो प्रश्न उठाएको हो ।

प्रतिवदेनमा थप भनिएको छ— चाककडी र चाप्लुसीको यस्तो शैली अपनाएर आफ्नो स्वार्थसिद्ध गर्न चाहने गलत मानिसले यसलाई प्रोत्साहन गर्दै आएको कुरा कसैबाट छिपेको छैन । त्यसैले एउटा कम्युनिष्ट पार्टीका नेता/कार्यकर्ताका नाताले यस्ता कुनै पनि खाले गैरकम्युनिष्ट गलत संस्कार तथा प्रवृत्तिलाई सबै तहमा निरुत्साहित गर्दै लानु समयको माग बन्न गएको छ ।

यस्तै सल्लाहकार परिषद्ले ‘दुर्गा प्रसाईं’हरूको पार्टी प्रवेशबाट पार्टीले ठूलो शिक्षा लिनुपर्ने औँल्याएको छ ।

एमाले केन्द्रीय सदस्य रहेका प्रसाईं पछिल्लो समय राजावादी आन्दोलनमा सक्रिय छन् ।

प्रसाईंबारे प्रतिवदेनमा भनिएको छ— केही पहिला झापाको एकजना व्यवसायी व्यक्ति पार्टीको केन्द्रीय कमिटीमा पदोन्नति गरिए । केही समयपछि उनी केन्द्रीय कमिटीबाट हटे । तर, उनी चुप लागेर नबसी हाम्रो पार्टी र पार्टी नेतृत्वविरुद्ध सर्वाङ्गरूपमा छारस्ट बन्न पुगे । त्यसले नपुगेर अहिले पनि उनी हाम्रो पार्टीविरूद्ध सीमाहीन अराजनीतिक गाली गर्दै जनतामा भ्रम छर्दै हिँडेका छन् । अब यस प्रकारको कुराबाट पार्टीले आगामी दिनका लागि गम्भीर पाठ सिक्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved