सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन र नवीन अछामी कारागार चलान

नेपालभ्युज

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन र नवीन अछामी कारागार चलान

काठमाडौं । सुप्रिम सहकारीको निक्षेप हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनलाई कारागार चलन गरिएको छ । अदालतले तोकेको धरौटी नबुझाएपछि जिल्ला अदालतको आदेश अनुसार उनलाई थुनामा पठाइएको हो । न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले पुनसँग ४ लाख धरौटी मागेको थियो ।

यसैगरी नवीन अछामीलाई पनि अदालतले मागेको १० लाख धरौटी नबुझाएपछि  कारागारमा पठाइएको छ ।

सोही प्रकरणमा संलग्न फरार प्रतिवादीहरूलाई अदालतले ३५ दिने म्याद जारी गरेको छ । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनालाई पक्राउ पुर्जी (समाह्वान) जारी गर्ने आदेश गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved