सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको ज्यान गयो, बेहुलासहित केही घाइते

नेपालभ्युज

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको ज्यान गयो, बेहुलासहित केही घाइते
सांकेतिक तस्वीर।

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे अस्पताल तर्फ लगिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved