इजरायलमा इरानले क्षेप्यास्त्र हानिरहेको छ, नेपालले कामदार पठाउँदैछ

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतको वैदेशिक रोजगार विभागले छनोट गरेका श्रमिकलाई सरकारी तवरमै इजरायल पठाउने काम गरिरहेको छ । इरानको आक्रमणका बाबजुद पनि नेपाली कामदार इजरायल गइरहेका छन् ।

नेपालभ्युज

इजरायलमा इरानले क्षेप्यास्त्र हानिरहेको छ, नेपालले कामदार पठाउँदैछ

काठमाडौं । युद्धग्रस्त मुलुक इजरायलको राजधानी तेल अविबलगायत क्षेत्रमा इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरे पनि नेपाल सरकारले धमाधम कामदार पठाइरहेको छ ।

गत आइतबार बिहान इरानले क्षेप्यास्त्र हानेपछि त्यहाँस्थित दूतावासले नेपालीलाई अत्यावश्यक अवस्थामाबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सोमबार २० नेपाली पठाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतको वैदेशिक रोजगार विभागले छनोट गरेका श्रमिकलाई सरकारी तवरमै इजरायल पठाउने काम गरिरहेको छ ।
इरानको आक्रमणका बाबजुद पनि नेपाली कामदार इजरायल गइरहेका छन् ।

यसअघि हमासले आक्रमण गरेपछि सरकारले इजरायल पठाउन रोक लगाएको थियो । केही नेपालीको उद्धार गरेर स्वदेश ल्याएको थियो । त्यसको केही समयपछि फेरि कामदार पठाउन थालेको हो ।

अहिले जीटूजी (सरकार–सरकारबीचको समझदारी) प्रक्रियाबाट नेपाली श्रमिकहरु केयर गिभरको काम गर्न धामधम इजरायल गइरहेका छन् ।

इरानको आक्रमणपछि नेपाली राजदूतावासले नेपालीहरूलाई अत्यावश्यक अवस्थामाबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको थियो । नेपाली दूतावासले नेपालीहरुलाई सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिरहँदा सरकारले सोमबार नै २० जना नेपालीलाई रोजगारीका लागि इजरायल पठाएको हो । थप नेपाली कामदार पाठउने तयारी गरेको छ ।

इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गर्नसक्ने आशंका

यल्पी नेपाली दूतावासद्वारा सूचना जारी गर्दै सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी गरिरहेकोछ  । आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको ठाउँमा बस्न निर्देशन दिइरहेको छ ।

दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’

इरानमाथि जवाफी हमलाबारे इजरायलको मन्त्रिपरिषदमा फरक मत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved