इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गर्नसक्ने आशंका

नेपालभ्युज

इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गर्नसक्ने आशंका

काठमाडौं । इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको बदलामा अप्रिल १३ मा ३०० वटा मिसाइल र ड्रोनले इजरायलमाथि आक्रमण गरेको थियो ।

त्यसयता इजरायल बदला लिने तयारीमा लागेको छ । यसबारे छलफल गर्न इजरायलमा मन्त्रिपरिषद्को दुई पटक बैठक बसिसकेको छ ।

इजरायलले बदला लिने निर्णय गरेको छ । यद्यपी, आक्रमण कहिले र कसरी गर्ने भन्नेबारे भने खुलाइएको छैन ।

सीएनएनको रिपोर्टका अनुसार इरानविरूद्ध बनाइएको सैन्य योजनालाई इजरायलको मन्त्रिपरिषद्‌मा बृहत् छलफल गरिएको छ ।

इजरायलले तुरून्त प्रतिकारात्मक कारबाही गर्नुपर्छ भन्नेमा मन्त्रिपरिषद्‌का सदस्यहरूबीच सहमति छ ।

मन्त्रिपरिषद्ले इरानबाट बदला लिन सक्ने कूटनीतिक विधिबारे पनि छलफल गरिरहेको छ।

इरान-इजरायल तनावले विश्व बजारमा इन्धनको मूल्य बढ्ने सम्भावना

इजरायली अधिकारीहरूका अनुसार क्याबिनेट सदस्य बेनी गान्ट्जले इरानमाथि हमला गर्नुपर्ने सुझाव दिएका थिए। तर, मानिसले ज्यान गुमाउने काम भने हुन नहुने उनको भनाई छ ।

यसैबीच संयुक्त राष्ट्र संघको आणविक निगरानी संगठन (आईएईए)ले इरान विरूद्ध बदला लिन इजरायलले आणविक केन्द्रहरूलाई निशाना बनाउन सक्ने डर व्यक्त गरेको छ।

आईएईएले मंगलबारदेखि यसबारे निरीक्षण सुरू गर्नेछ । यसअघि आइतबार इरानले सुरक्षा कारण देखाउँदै यी सुविधाहरू बन्द गरेको थियो।

यद्यपि विश्लेषकहरू विश्वास गर्छन् कि परमाणु साइटमा आक्रमणको सम्भावना एकदम कम छ । किनभने यो अपरेशनका लागि इजरायललाई अमेरिकाको सैन्य सहयोग र आर्थिक सहयोग पनि चाहिनेछ।

यता अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, साउदी र जोर्डनले इजरायललाई इरानविरूद्ध बदला नगर्न अपील गरेका छन् । जसका कारण सिङ्गो क्षेत्र युद्धको सिकार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved