राष्ट्रियसभा अध्यक्ष दाहाल र दक्षिण कोरियाको प्रतिनिधि मण्डलबीच शिष्टाचार भेटवार्ता

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्ष दाहाल र दक्षिण कोरियाको प्रतिनिधि मण्डलबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा मंगलबार दक्षिण कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ-हेओन ली नेतृत्वको भ्रमण टोलीले शिष्टाचार भेट गरेको हो।

भेटमा नेपाल-कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको थियो।

सो अवसरमा दाहालले नेपाल-कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझैं उचाइमा पुर्याउन आगामी दिनमा संसदीय अनुभव आदान प्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए ।

भेटका क्रममा लीले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउन यो भेटघाटले मद्धत गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved