मलामी आएका व्यक्तिले गरे चिरपट प्रहार, एकको मृत्यु

नेपालभ्युज

मलामी आएका व्यक्तिले गरे चिरपट प्रहार, एकको मृत्यु
सांकेतिक तस्विर

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । सोमबार दिउँसोे ‘मुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकामा प्रहार गर्दा घाइते भएका तामाङको उपचारका क्रममा वेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ भने फरार अनिल तामाङको खोजी गरिरहेको बताइएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved