न्यूयोर्क र आसपास बस्ने नेपाली मूलका व्यवसायी संगठित, श्रेष्ठको नेतृत्वमा कार्यसमिति

नेपालभ्युज

न्यूयोर्क र आसपास बस्ने नेपाली मूलका व्यवसायी संगठित, श्रेष्ठको नेतृत्वमा कार्यसमिति

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क र आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायी संगठित भएका छन् । उनीहरुले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श गठन गरेका छन् ।

न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली भाषी व्यवसायी संलग्न रहेको यो संस्थामा ७४ वटा व्यवसायिक कम्पनी आवद्ध भएका छन् ।

व्यवसायीको साधारणसभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिमा छेपाक दोर्जे गुरुङ, छिरिंग गुरुङ, डा. सुलोचना गुरुङ, दीपक श्रेष्ठ, नेभिन क्षेत्री र निश्चल बाँस्कोटा सदस्य छन् ।

संयुक्त राष्ट् संघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, न्युयोर्क राज्य एसेम्बली मेम्बर स्टिभेन रागा, क्विन्स बोरो डेपुटि प्रेसिडेन्ट ईबोनि योंग, न्युयोर्क सिटी मेयर अफिस स्मल विजिनेश सर्भिसका डेपुटि डाइरेक्टर हरिस खान, सुप्रिम कोर्टका न्यायाधीश कासान्द्रा जोनसनसहित विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी थिए ।

नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदानसहितको घोषणासभामा चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले न्यूयोर्क आसपासमा रहेका नेपाली मूलका व्यवसायीले भोग्नु परेका समस्या हल गर्न संस्था गठन गरिएको बताए । उनले यो आसपास एक हजारभन्दा बढि नेपाली मूलका व्यवसायी रहेको भन्दै सबैलाई संस्थामा आवद्ध गर्ने पनि बताए ।

राजदूत थापाले यहाँको सिप र लगानीलाई नेपालमा विस्तार गर्न आग्रह गरे । उनले आसन्न लगानी सम्मेलनमा सहभागी हुन आग्रह गर्दै व्यवसायीलाई जस्तो सुकै सहयोग गर्न पनि नेपाल सरकार तयार रहेको बताए ।

संस्थाले आठ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा अमित प्रताप शाह, ग्याल्जेन नुरु शेर्पा, खगेन्द्र जिसी, मनिता देवि गुरुङ, नवराज केसी, पासांग नुरु शेर्पा, समीर महर्जन र उर्गेन शेर्पा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved