सल्यानका सभापति विष्टमाथि भएको आक्रमणको कांग्रेसद्वारा भर्त्सना

नेपालभ्युज

सल्यानका सभापति विष्टमाथि भएको आक्रमणको कांग्रेसद्वारा भर्त्सना

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सल्यान जिल्ला कार्यसमिति सभापति केशबहादुर विष्टमाथि भएको सांघातिक आक्रमणको भर्त्सना गरेको छ ।

कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालिकोटबाट सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिकास्थित वालुवा संग्रहि भन्ने स्थानमा गत चैत्र २९ गते बेलुका विष्टमाथि सांघातिक आक्रमण भएको थियो ।

सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले घटनाको यथार्थ छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved