माओवादीमै फर्किए विश्वदीप पाण्डे

नेपालभ्युज

माओवादीमै फर्किए विश्वदीप पाण्डे

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) फर्किएका छन् ।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरेका हुन् ।

पाण्डेले डा. बाबुराम भट्टराईलाई लामो समययता साथ दिँदै आएका थिए । २०७१ सालमा भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण हुँदा मुख्य अभियन्तामध्ये पाण्डे थिए । तर, उनी पुन: माओवादी केन्द्रमै फर्किएका छन् ।

माओवादी केन्द्र फर्किएपछि उनले सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादको यात्रा छुट्टाछुट्टै हिँडेर पूरा गर्न नसकिने बताएका छन् । त्यसैले आज देशलाई वामपन्थी शक्तिबीच नयाँ स्तरको एकता र सहकार्य चाहिने उल्लेख गर्दै उनले भनेका छन्, “हिजोका क्रान्तिकारी शक्तिहरू सबै प्रकारका पूर्वाग्रहबाट माथि उठेर एकताबद्व हुनु झनै आवश्यक छ ।”

पाण्डे बुबाको प्रेरणाका कारण सानै उमेरदेखि माओवादी आन्दोलनमा जोडिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved