इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह

इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गरेको छ ।

नेपालभ्युज

इजरायलमा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौं । इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गरेको छ ।

आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन पनि आग्रह गरिएको छ ।

यसैगरी आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूतावासले अनुरोध गरेको छ ।

दूतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ, ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साह ०५४५५८२०७७ तोकिएको छ ।

इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन् ।
उक्त आक्रमणपछि सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा,भेला नगर्ने भनी निर्देशन जारी भएको छ ।

इरानले हिजो राति इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशले निन्दा गर्दै त्यो आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् ।

गएको अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेर दुई जना इरानी कमाण्डरसहित १३ जनाको हत्या गरेपछि त्यसको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।

इजरायली सेनाले भने इरानले प्रहार गरेको तीन सय वटाभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन आकासबाटै खसालेको दाबी गरेको छ । इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले इरानले प्रहार गरेको केही क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका बताएकाछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved