एक दिनमा कति रोटी खानु स्वस्थकर ?

नेपालभ्युज

एक दिनमा कति रोटी खानु स्वस्थकर ?

एजेन्सी । हाम्रो भान्सामा दैनिक जस्तो खाना वा नास्तामा रोटी पनि पाक्ने गर्छ । विशेषगरी त्यसमा गहुँको रोटीको धेरै प्रयोग गरिन्छ । धेरैलाई रोटी मन पर्ने गर्छ ।

कतिपयले मन पर्दा भातको तुलनामा रोटी धेरै खाने पनि गर्दछन् । रोटी दैनिक रुपमा सीमित मात्रामा खाँदा नै स्वस्थकर हुन्छ । यहाँ जानौं दैनिक कति रोटी खानु फाइदाजनक हुन सक्छ ।

रोटीमा फाइबर भरपूर मात्रामा हुन्छ यसको सेवन पाचन प्रणालीका लागि एकदमै राम्रो मानिन्छ । तर, रोटी धेरै खाँदा स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ ।

एउटा सामान्य रोटीमा एक सय देखि एक सय १० क्यालोरी हुन्छ । गहुँको रोटीमा कार्बोहाइड्रेट पनि हुन्छ ।

महिलाले बिहान बेलुका दुई दुई वटा रोटी खानु उपयुक्त हुन्छ । यसले रोटीबाट पाइने क्यालोरीको आवश्यकता पूरा हुनेछ ।

त्यस्तै पुरुषले बिहान बेलुका तीन-तीन वटा रोटी खानु उपयुक्त हुन्छ । तर, राति  रोटी खाएपछि केहीबेर हिँड्डुल गर्नुपर्दछ । रातको भोजनपछि केहीबेर हिँड्दा रोटी पचाउन सजिलो हुनुका साथै क्यालोरी पनि सन्तुलित हुन्छ ।

मधुमेहको बिरामी हुनुहुन्छ भने तपाईंले रातको समयमा रोटी नखानु उपयुक्त हुन्छ ।  यसलाई पचाउन समय लाग्छ जसले गर्दा रगतमा चिनीको मात्रा बढ्न सक्छ ।

तपाईंले तौल कम गर्न चाहनुहुन्छ र स्वस्थ पनि रहन चाहनुहुन्छ भने कोदो, फापर, मकै, किनुआ आदिको पिठोबाट रोटी बनाएर खानुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved