गृहमन्त्री लामिछाने भन्छन् – रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ

नेपालभ्युज

गृहमन्त्री लामिछाने भन्छन् – रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ

काठमाडौं । रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने अहिलेको व्यवस्था फेर्नुपर्ने । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

हाल नेपालमा लिखित परीक्षा र ट्रायल सेन्टरभित्र गरिने प्रयोगात्मक परीक्षणबाट उत्तीर्ण हुनेलाई ड्राइभिङ लाइसेन्स दिने गरिएकोमा त्यसलाई फेर्नुपर्ने बताए ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै उनले यस्तो बताए ।

‘रोड टेस्ट नगरीकन ड्राइभिङ लाइसेन्स दिने परिपाटी छ । त्यो परिपाटी ठीक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ’, गृहमन्त्री रविले भने ।

ड्राइभिङ सेन्टरभित्र गरिने सामान्य प्रयोगात्मक परीक्षणको भरमा लाइसेन्स दिँदा चालकहरू दक्ष नहुने उपप्रधानमन्त्री उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved