नयाँ वर्षको पहिलो कारोबारमा नेप्से सामान्य अंकले घट्यो

नेपालभ्युज

नयाँ वर्षको पहिलो कारोबारमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं । नयाँ वर्ष २०८१ सालको कारोबार हुने पहिलो दिनमा नेप्से झिनो अंकले घटेर बन्द भएको छ ।

अघिल्लो वर्षको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको सेयर बजार नयाँ वर्षको पहिलो दिन सामान्य अंकले घटेको हो ।

आज नेप्से परिसूचक २ दशमलव ३५ अंकले घटेर २०२३ दशमलव ३५ को विन्दुमा पुगेको छ । आइतबार ३२० कम्पनीका ५९ हजार ०४२ पटकको कारोबारमा ७७ लाख ९५ हजार ०३३ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम भने ३ अर्ब ६३ करोड ७७ लाख २ हजार ६ सय ५२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ०१ अंकले बढेर ३५८ दशमलव २० को विन्दुमा पुगेको छ । आज सर्वाधिक कमाउने कम्पनीहरूको समूहमा हाइड्रो रहेको छ भने सबैभन्दा कम कारोबार हुनेमा प्रोमोटर सेयर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved