इजरायल र अमेरिकालाई जवाफी हमला नगर्न इरानको चेतावनी

नेपालभ्युज

इजरायल र अमेरिकालाई जवाफी हमला नगर्न इरानको चेतावनी

काठमाडौं। इरानले आफ्नो आक्रमणको जवाफमा हमला नगर्न इजरायल र अमेरिकालाई चेतावनी दिएको छ।

आइतबार इरानले आफ्नो आक्रमणप्रति प्रतिक्रिया नदिन चेतावनी दिँदै अर्को हमला थप घातक हुने बताएको छ। इरानी सशस्त्र बल प्रमुख मेजर जनरल मोहम्मद बगेरीले भने, ‘यदि इजरायले जवाफी हमला गरे, गएराति भएको विष्फोटभन्दा पनि विशाल प्रतिक्रिया हुनेछ।’

इजरायलको प्रतिक्रियामा वाशिङ्टनले साथ दिएमा अमेरिकाको आधारमा समेत निशाना बनाउने इरानको चेतावनी छ ।

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो राष्ट्रले जित्ने सामाजिक संजाल एक्समा बताएका थिए।

राष्ट्रलाई सम्बोधन गर्दै नेतान्याहुले सेना कुनै पनि अवस्थाको लागि तयार भएको बताए। उनले अमेरिका, फ्रान्स र बेलायतको साथप्रति पनि आभार व्यक्त गरे।

गएराति इरानले इजरायलको भूमिमा ३०० भन्दा बढि ड्रोन र मिसाइल आक्रमण गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved