कोटेश्वरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालभ्युज

कोटेश्वरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा शनिबार भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा स्कुटर चालक काठमाडौं पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved