सामाजिक सञ्जालमा जथाभावी लेख्ने तथा कमेन्ट/सेयर गर्नेलाई कारबाही गर्ने ब्यूरोको चेतावनी

नेपालभ्युज

सामाजिक सञ्जालमा जथाभावी लेख्ने तथा कमेन्ट/सेयर गर्नेलाई कारबाही गर्ने ब्यूरोको चेतावनी

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, कमेन्ट तथा सेयर गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

शुक्रबार सूचना जारी गर्दै ब्यूरोले सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने कार्य नगर्न चेतावनी दिएको हो ।

ब्यूरोले भनेको छ, ‘विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालहरू र विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, लाइक गर्ने, टेग गर्ने, कमेन्ट गर्ने र रि–पोस्ट गर्ने जस्ता गतिविधि बढी रहेको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको गम्भिर ध्यान आकर्षण भएको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved