लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै, सानादलको शर्त कायमै

नेपालभ्युज

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै, सानादलको शर्त कायमै

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् ।

८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएक थिए ।

प्रदेशमा सहकार्य गरेको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मन्त्री नपाउने भए विश्वासको मत दिन नसकिने शर्त राखेका छन् । यसअघि नै महराले चार सदस्यीय सानो आकारको मन्त्रिमण्डल बनाइसकेका छन् ।

४ सांसद रहेको नाउपा, ३ सांसद रहेको जसपा, १ सांसद रहेको एकीकृत समाजवादी र स्वतन्त्रका सांसदको मत नपाए माओवादी र एमालेका सांसदले मात्र बहुमत पुग्दैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved