मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी

नेपालभ्युज

मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी

सुर्खेत । मरेको भेडाको मासु खादाँ जुम्लामा एकै परिवारका ६ जना बिरामी परेका छन् ।

गुठिचौर गाउँपालिका–४ थामबाडामा जंगली विष खाएर मरेको भेडाको मासु खाँदा स्थानीय विष्णबहादुर अधिकारीको परिवारका सदस्यहरू बिरामी भएका हुन् ।

बिरामी हुनेमा ४० वर्षिय विष्णबहादुर, उनकी श्रीमती कमलदेवी, छोरा सुर्य, छोरीहरू सुक्ष्मा र सावित्री तथा ज्वाइँ राजेश खत्री छन् ।

उनीहरूले बुधबार बिहानको खानामा भेडाको मासु खाएको आफन्त श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

अहिले उनीहरू सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपचार भइरहेको अस्पतालका निर्देशक डा. पुजन रोकायाले बताए ।

उनीहरूको अवस्था सामान्य रहेकोले अवस्था बिग्रन सक्ने भएकाले केही भन्न नसकिने उपचारमा संलग्न डा. रमाकान्त रायले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved