विराटनगर पुगेर प्रधानमन्त्री प्रचण्डले भने : ‘गृहमन्त्री लामिछाने निर्दोष छन्, कांग्रेस पूर्वाग्रही भयो’

नेपालभ्युज

विराटनगर पुगेर प्रधानमन्त्री प्रचण्डले भने : ‘गृहमन्त्री लामिछाने निर्दोष छन्, कांग्रेस पूर्वाग्रही भयो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि दबाब बढाएको आरोप लगाएका छन् ।

आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले सत्ता गठबन्धन भत्काउन कांग्रेसले गृहमन्त्री लामिछाने माथि प्रश्न उठाएको दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग राजनीतिक पूर्वाग्रह भएको जिकिर गरे ।

उनले कांग्रेस सरकारमा हुँदै लामिछाने माथि प्रश्न उठेको थियो त्यतिबेला समिति गठन गर्न किन नबोलेको भन्दै कांग्रेसलाई प्रश्न गरे ।

राज्यका निकायले छानबिन गरेर लामिछानेलाई निर्दोष भनिरहदा फेरि संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नु राजनीतिक पूर्वाग्रह भएको दाहालको टिप्पणी छ ।

राजनीतिक समझदारीबाटै सदनको अवरोध खोलिने दाहालले बताए ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved