रात्रीबसको ठक्करबाट एक युवाको मृत्यु, अर्का एक घाइते

नेपालभ्युज

रात्रीबसको ठक्करबाट एक युवाको मृत्यु, अर्का एक घाइते

काठमाडौं । रात्री बसले मोटरसाइकललाई ठक्करदिँदा दाङको तुलसीपुरमा एक युवाको मृत्यु भएको छ । अर्का युवा गम्भीर घाइते भएका छन् ।

तुलसीपुरबाट काठमाडौं आउदै गरेको बसको ठक्करबाट मोटरसाइकल चालक घोराहीका २३ वर्षीय सौगात ओलीको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार अर्का ३५ वर्षिय शरद लामिछाने गम्भीर घाइते भएका हुन् ।

घोराही उपमहानगरपालिस्थित सिस्नेखोलाको ओरालोमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved