गृहमन्त्रीमाथि लागेका आरोपको स्पष्टिकरण दिने कुरामा कांग्रेसले रोक्न मिल्दैनः एमाले

नेपालभ्युज

गृहमन्त्रीमाथि लागेका आरोपको स्पष्टिकरण दिने कुरामा कांग्रेसले रोक्न मिल्दैनः एमाले

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कुरामा कांग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ ।

एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टिकरण संसदबाट दिनका लागि काँग्रेस सहमत हुनुपर्ने बताएका हुन‍् । कांग्रेसले मंगलवार उनिमाथि लागेको आरोप छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो ।

एमाले सचेतक बर्तौलाले सञ्चारकर्मीमाझ त्यस्ता आरोपको जवाफ संसदबाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि कांग्रेस तयार हुनुपर्ने बताए। उनले अरुको कुरा नसुन्ने भन्ने कुरा लोकतान्त्रिक दल भनिएको कांग्रेसलाई नसुहाउने जिकिर पनि गरे ।

प्रमुख सचेतक बर्ताैलाले कांग्रेसले जन सरोकारका विषयमा छलफल गरेर महत्वपूर्ण कानूनहरु निर्माण गर्नुपर्ने संसद अवरुद्ध गरेर गल्ती गरेको दोहोर्‍याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved