म्याग्दीकी मीरा पुनमगर हङकङ प्रहरीमा भर्ती हुने पहिलो नेपाली महिला

नेपालभ्युज

म्याग्दीकी मीरा पुनमगर हङकङ प्रहरीमा भर्ती हुने पहिलो नेपाली महिला

काठमाडौं । म्याग्दीकी मीरा पुनमगर हङकङको प्रहरी सेवामा भर्ती भएकी छन् । उनी त्यहाँ पहिलो नेपाली महिला प्रहरी भएको नेपाली समुदायले बताएका छन् । ‘कन याउ चिङ मोङ’ र ‘युङ लङ’को प्रहरी विभागले उनलाई भर्ना गरेको हो ।

त्यहाँको सरकारले दक्षिणी एसियाली मूल ‘एथ्निक’ समुदायको धेरै बाक्लो बसोबास भएको क्षेत्रमा प्रोजेक्ट जेमस्टोन र ‘हिमालय प्रोजेक्ट’ सञ्चालन गरेर प्रत्येक हप्ता निःशुल्क चिनियाँ कक्षाहरू दिइरहेको छ ।

गैर चिनियाँ युवाहरूलाई चिनियाँ भाषा सुधार गराउन र हङकङको संस्कृति बुझ्न मद्दत गर्ने उद्देश्यले स्थानीय समुदायमा घुलमिल गराइरहेको छ ।

उनीहरूलाई सुरक्षाकर्मीमा सहभागी गराएर लैजाने उद्देश्य हङकङ सरकारको छ । त्यही प्रोजेक्ट अन्तर्गत नेपालकी मीरा पनि प्रहरी बनेकी हुन् ।

यो प्रोजेक्ट २०१३ बाट सुरुआत भएदेखि ‘एथ्निक’ समुदायका केही युवायुवतीहरू प्रहरीमा भर्ती हुन थालेका छन् । केही नेपाली युवाहरू पनि भर्ती भैसकेका छन् ।

हककङमा बिरालोले १५ तले अपार्टमेन्टबाट फाल हालेपछि अत्याधुनिक उपकरणसहित उद्धार (भिडिओसहित)

यही हिमालय प्रोजेक्ट अन्तर्गत प्रहरी तालिम प्राप्त गरी भर्खरै पास आउट भएकी मीरा पुनमगर पहिलो नेपाली महिला प्रहरी बनेकी नेपाली भाषी समुदायले बताएका छन् ।

अब उनको कार्यक्षेत्र बाहुल्य एथ्निक माइनोरेटी बसोबास भएको क्षेत्रतिर हुनेछ । हङकङमा दक्षिणी एसियाली मूलका ‘एथ्निक’ समुदाय हङकङ लगभग १ लाखको जनसंख्या रहेको छ ।

तर, जनसङ्ख्याको हिसाबले हेर्दा ‘एथ्निक’ समुदायका प्रहरी ज्यादै थोरै सङ्ख्या मात्रै प्रहरी बलमा देखिन्छ । हङकङमा प्रहरीको कुल सङ्ख्या विभिन्न डिपार्टमा गरी ३४ हजार बढी छ ।

तालिम प्राप्त गरी भर्खरै पास आउट भएपछि मीरा पुनमगर

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved