हककङमा बिरालोले १५ तले अपार्टमेन्टबाट फाल हालेपछि अत्याधुनिक उपकरणसहित उद्धार (भिडिओसहित)

नेपालभ्युज

हककङमा बिरालोले १५ तले अपार्टमेन्टबाट फाल हालेपछि अत्याधुनिक उपकरणसहित उद्धार (भिडिओसहित)
बिरालोको उद्धार हुँदै गर्दाको फोटो। फोटो- विक्रम गुरुङ, हङकङ

हङकङ । नेपालीहरूको बसोबास बाक्लो रहेको हङकङको जोर्डनमा १५ तले भवनबाट एक बिरालोले आत्महत्या गर्न खोजेपछि अत्याधुनिक आपतकालिन उद्धार उपकरणको सहायताबाट उद्धार गरिएको छ ।

त्यहाँको प्रसिद्ध नस्लको बिरालो १५ तले अपार्टमेन्ट भवनको ९ तलाको बाहिरी पर्खालमा फसेको थियो ।

त्यसपछि त्यहाँबाट फाल हाल्दा तल्लो ८ औँ तल्लामा अड्कियो । बिरालो पानीको पाइपहरू बीचमा अड्किएर करायो । खबर पाएलगतै हङकङको आपतकालिन उद्धार विभाग उद्धारमा जुट्यो । तत्कालै अग्नि नियन्त्रकहरू घटनास्थलमा पुगे ।

कर्मचारीहरू आपतकालिन उद्धार साधनको भर्‍याङ उठाएर बिरालालाई समात्न गए । उनीहरू आठौँ तलामा पुगे । बिरालोलाई जाल र अन्य औजारले समात्ने प्रयास गरे । अन्ततः बिरालोलाई सफलतापूर्वक उद्धार गरे ।

तर, उक्त कालो बिरालोको सास बिस्तारै कमजोर हुँदै गयो । अन्ततः उसले होस गुमायो । उद्धारको केही समयमा बिरालो मर्यो । बिरालो करिब डेढ वर्षको थियो । उसको शव मालिकलाई फिर्ता गरिएको त्यहाँका केही समाचार पोर्टलहरूले उल्लेख गरेका छन् ।

घटनापछि स्थानीय प्रशासनले बिरालाहरूको सुरक्षाका घरको झ्यालमा जालहरू राख्न अनुरोध गरेको छ । बिरालाहरूको सुरक्षाका उपायमा बेवास्ता नगर्न अनुरोध गरेको छ ।

भिडिओ-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved