तस्वीरमा हेरौं सदनमा सत्तापक्ष र प्रतिपक्षीबीचको जुहारी

तस्वीरमा हेरौं सदनमा सत्तापक्ष र प्रतिपक्षीबीचको जुहारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लमिछानमाथि संसदीय छानबिनको विषयलाई लिएर प्रतिनिधि सभाको मंगलबारको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच अवरोध गर्ने जुहारी नै चल्यो ।

छानबिन समिति गठन हुनु पर्ने नेपाली कांग्रेसको अडान र संसदमा गृहमन्त्री लामिछानेले धारणा राख्न पाउनु पर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मागका बीच सदन अवरुद्ध भएको हो ।

सभामुख देवराज घिमिरेले बस्नका लागि बारम्बार आग्रह गर्दासमेत कांग्रेस सांसदहरुले उठेर विरोध गर्ने क्रम जारी राखेपछि सत्तारुढ अर्को दल नेकपा (एमाले)का सांसदले समेत उठेर विरोध गरेका थिए । कांग्रेसको मागबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाउनु पर्ने मागसहित रास्वपाका सांसदले समेत उठेर विरोध गरेका थिए ।

लगातारको अवरोधपछि सभामुख घिमिरेले सदन १५ मिनेटका लागि स्थगित गरे ।

तस्वीरहरु…


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved