गलकोटका छ सामुदायिक वनमा आगलागी, ३० बस्ती उच्च जोखिममा

नेपालभ्युज

गलकोटका छ सामुदायिक वनमा आगलागी, ३० बस्ती उच्च जोखिममा

ढोरपाटन । गलकोट नगरपालिका अन्तर्गतका छ वटा सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण यहाँका करिब ३० बस्ती उच्च जोखिममा परेका छन् ।

गलकोट–२ को किटेनी सामुदायिक वन, शिलाजित मधुवन, वडा नं ३ को पालेवन सामुदायिक वन, ९ को मौरीभिर सामुदायिक वन, पाण्डुकेश्वरी सामुदायिक वन वडा नं ८ को मकैखोरी वनमा आगो लागेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

किटेनी सामुदायिक वन र शिलाजित मधुवनमा लागेको आगो नियन्त्रणमा लिए पनि अन्य चार वटा सामुदायिक वनको आगो नियन्त्रण बाहिर रहेको उनको भनाइ छ ।

स्थानीयवासीको लापरबाहीका कारण आगलागी भएको भन्दै नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रवक्ता भण्डारी बताउँछन् ।

यही चैत २५ गते दिउँसोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआउँदा ठूलो क्षेत्रफलको वन सखाप भएको उनको भनाइ छ ।

गलकोट नगरपालिका–९ का अध्यक्ष तेजबहादुर थापाले आगोले ठूलो रुप लिन थालेपछि बस्ती जोखिममा परेको बताए ।

वनमा लागेको आगो बस्तीतर्फ पस्न थालेपछि सोमबार राति १० बस्तीलाई सुरक्षित स्थानमा सारेको भन्दै अझै करिब ३० बस्ती उच्च जोखिममा रहेको उनको भनाइ छ ।

गलकोट नगरपालिका–८ र ९ मा लागेको आगोले ज्यामिरे, मल्म, तारगा गाउँका धेरै बस्ती उच्च जोखिममा रहेको अध्यक्ष थापाले जानकारी दिए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved