हिमाचलबाट उम्मेदवारी दिँदै गरेकी कंगनाले किनिन् नयाँ लक्जरी कार

नेपालभ्युज

हिमाचलबाट उम्मेदवारी दिँदै गरेकी कंगनाले किनिन् नयाँ लक्जरी कार

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेकी कंगना कंगना रनौत हिमाचलको मन्डीबाट लोकसभाको निर्वाचनमा लड्ने तयारीमा छिन् । चुनावी तयारीमा रहेकी कंगनाले भर्खरै मात्रै शानदार लक्जरी कार किनेकी छिन् ।

मुम्बईमा सेतो ड्रेस र कालो चस्मा लगाएर सैलुनबाट निस्किएर कारमा बसेर जाँदै गरेको कंगनाको पापराजीहरू खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । हिन्दुस्तान टाइम्सका अनुसार सैलुनबाट निस्किँदै गर्दा कंगनाले चढेको कार नयाँ हो ।

यो कार मर्सिडिज–मेब्याक जीएलएस हो । कंगनाको नयाँ कारको मूल्य २ करोड ४३ लाख भारु छ ।

यो उनको दोस्रो मेब्याक हो । यअघि नै उनले मर्सिडिज मेब्याक एस ६८० पनि किनेकी थिइन् । यसको मूल्य करिब ३ करोड ६० लाख भारु थियो ।

कंगनाले नयाँ कार किनेको हो कि पुरानो मोडलसँग साटेको हो भन्न चाँहि स्पष्ट भइसकेको छैन । मेन्स एक्सपीको एउटा रिपोर्टअनुसार कंगनासँग एउटा बीएमडब्ल्यू ७–सीरीज र आउडी क्यू ३ कार पनि छ । कंगना यतिबेला चुनावको प्रचार प्रसारको तयारीमा छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved