रविले मोडलको फोटो पोस्ट गर्दै ‘समथिङ न्यू’ भनेपछि पत्नीले हालिन् ‘बलात्कार’ मुद्दा

निकटस्थका अनुसार रविकी पत्नीले श्रीमानले आफूलाई ‘तिरस्कार’ र ‘चिट’ गरेको ठानेर बदला लिन भन्दै मुद्दा हालेकी हुन् । कानुनी सहजताका लागि उनले वैवाहिक बलात्कारको अस्त्र प्रयोग गरेको उनीहरूको दाबी छ ।

नेपालभ्युज

रविले मोडलको फोटो पोस्ट गर्दै ‘समथिङ न्यू’ भनेपछि पत्नीले हालिन् ‘बलात्कार’ मुद्दा

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता तथा गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी परेपछि तनावमा छन् ।

जापानमा रहेका रवि पत्नीलाई फकाउने कि आत्मसमर्पण गर्न नेपाल आउने भन्ने तनावमा रहेका हुन् ।

उनी साङ्गीतिक कार्यक्रमका लागि यूएईबाट जापान गएका हुन् । रविले आफूमाथि लगाइएको वैवाहिक बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

काठमाडौंमा रहेका साथीभाइले उनलाई जापानमा सम्पर्क गरेर यथार्थ बुझ्ने प्रयास गर्दा आफूले केही नगरेको बताएका हुन् ।

साथीभाइसँगको कुराकानीमा रविले परिबन्दमा परेर विवाह दर्ता गरेको बताएका निकट स्रोतले बताएको छ ।

निकटस्थका अनुसार रविकी पत्नीले श्रीमानले आफूलाई ‘तिरस्कार’ र ‘चिट’ गरेको ठानेर बदला लिन भन्दै मुद्दा हालेकी हुन् । कानुनी सहजताका लागि उनले वैवाहिक बलात्कारको अस्त्र प्रयोग गरेको उनीहरूको दाबी छ ।

यद्यपि पत्नी निकट स्रोतले भने साँच्चै पीडित भएको दाबी गरेको छ । यद्यपि, प्रहरी स्रोतका अनुसार रविले आफूलाई प्रेम विवाह गरे तापनि श्रीमतीको रूपमा व्यवहार नगरेको, समय नदिएको र जिम्मेवारी ननिभाएको आरोप जाहेरीमा लगाइएको छ ।

युवती आफूप्रति पहिल्यैबाट क्रेजी भएको तर, आफू उनीसँग प्रेममा नपरेको रविले साथीहरूलाई बताएका थिए । युवतीले निरन्तर दबाब र ब्ल्याकमेलिङ गरेपछि बाध्य भएर विवाह दर्ता गरेको उनले बताएका थिए ।

रविविरुद्ध अदालतले पक्राउ पुर्जी जारी भइसकेको छ । प्रहरीले उनको खोजी भइरहेको पनि बताएको छ । अहिले रविले पत्नीलाई फकाएर जाहोरी फिर्ता लिन भनिरहेको बताइन्छ ।

अलिअघि रविको नयाँ गीत सार्वजनिकको क्रममा उनले फेसबुकमा मोडलको फोटो पोस्ट गर्दै ‘समथिङ न्यू’ लेखेका थिए । त्यस विषयलाई लिएर दुईबीच विवाद भएको थियो । तर त्यो केही नभएर उनको भिडिओको प्रमोसन थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved