एमाले सोलुको अध्यक्षमा बास्तोला विजयी

नेपालभ्युज

एमाले सोलुको अध्यक्षमा बास्तोला विजयी

सोलुखुम्बु। नेकपा (एमाले) सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष बास्तोला प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरमा पराजित गर्दै दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

उनले २५५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी हर्कबहादुर राईले १२५ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा आशकुमार राई २७७ मतसहित निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी रामकाजी श्रेष्ठले ८९ ल्याए ।

सचिवमा कल्पना राई, उपसचिव खुलामा मिङमाछिरी शेर्पा, सहसचिव महिलामा मोहनकुमारी कार्की विजयी भएका छन् । उपसचिव खुलाका लागि पाँच जना र महिला उपसचिवका लागि चार जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए ।

९० सदस्यीय जिल्ला कमिटी चयनका लागि चार सय २० जनाले मतदान गरेका थिए । गत शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि शनिबार मतदान भएको हो ।

एमाले कालिकोटको अध्यक्षमा मल्ल प्यानलसहित विजयी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved