उपनिर्वाचनमा उम्मेदवारी दिएकामाथि आज उजुरी दिने समय

नेपालभ्युज

उपनिर्वाचनमा उम्मेदवारी दिएकामाथि आज उजुरी दिने समय

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने जनाएको छ । आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने सकिने छ ।

उजुरीमाथि भोलि बेलुका ५ बजेसम्ममा जाँचबुझ गरिने कार्यतालिकामा छ । जाँचबुझ पछि भोलि बेलुका उमेदवारको नामावली प्रकाशन गरिने छ ।

२७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।

सोही दिन ५ बजेसम्ममा उमेद्वारले निर्वाचन चिन्ह पाउने छन् । शनिबार उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

इलाम–२ मा ७९ मतदानस्थल र एकसय ४९ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । इलाम–२ मा झण्डै एक लाख १५ हजार आठ सय मतदाता छन् ।

आयोगले बझाङमा प्रदेशसभा सदस्य चुनावका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ । त्यहाँ ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् ।

उपनिर्वाचनमा आगामी बैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान(Voting) हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved