चिया बनाउँदा गर्न नहुने गल्ती

नेपालभ्युज

चिया बनाउँदा गर्न नहुने गल्ती

एजेन्सी । नेपालीको हरेक घरमा चिया त अवश्य बन्छ । पाहुनालाई सत्कार गर्ने पनि चियाले नै हो । त्यसो त चिया बनाउन सजिलो नै हुन्छ । तर, पनि चिया बनाउँदा धेरैले गल्ती गर्छन् जसले गर्दा यसको स्वाद खराब हुन्छ ।

चिया बनाउने समयमा केही कुरालाई अवश्य ध्यान दिनुहोस् ।

चिया बनाउन राम्रो गुणस्तरको चियापत्तीको नै प्रयोग गर्नुहोस् । कतिपयले चियापत्ती त हो भन्ने हिसाबमा लिन्छन् तर, गुणस्तरहिन चियापत्तिबाट बनेको चियाको स्वाद नै अर्कैं हुन्छ ।

गुणस्तर भएको चियापत्तीबाट चिया बनाउँदा त्यसको स्वाद मिठो हुनुका साथै त्यसले स्वास्थ्यमा खराबी पनि गर्दैन ।

धेरैलाई के लाग्छ भने चियालाई जति धेरै उमाल्यो त्यति नै स्वाद बढ्छ । तर, यस्तो हुँदैन चिया धेरैबेर पकाउँदा तितो हुन सक्छ ।

काँचो दुधले पनि चियाको स्वाद बिगार्ने गर्छ त्यसैले चिया बनाउँदा उमालेको दुध नै प्रयोग गर्नुहोस् ।

धेरैले चिया छिटो बनाउनेमा मात्र ध्यान दिन्छन् जसले गर्दा चिनी पहिले नै राख्छन् । तर दुध राखेपछि जब चिया एकपटक उम्लिन्छ त्यसपछि मात्र चिनी राख्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved