हिजो दिउँसो अशान्त रहेको सुनसरीको हरिनगर क्षेत्र आज शान्त

नेपालभ्युज

हिजो दिउँसो अशान्त रहेको सुनसरीको हरिनगर क्षेत्र आज शान्त

काठमाण्डौ। हिजो दिउँसो अशान्त रहेको सुनसरीको हरिनगर क्षेत्र आज शान्त रहेको छ ।

जिल्ला प्रशासन कार्यालयले हरिनगरसहित ५ वटा पालिकामा अर्को सूचना नआउँदासम्म हिजो बेलुका कर्फ्यु आदेश जारी गरेपछि अवस्था शान्त बनेको हो ।

हिजो दिउँसो हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।

सुरक्षाकर्मीले भीड र प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा १९ जना सुरक्षाकर्मी र १० जना सर्वसाधारण घाइते भएका जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

घाइते केहीको अहिले पनि स्थानीय अस्पतालमा उपचार भैरहेको र सामान्य घाइते उपचारपछि फर्किएका सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिए ।

आज बिहान साढे १० बजे सर्वदलीय बैठक बस्दैछ ।

बैठकपछि अवस्थालाई ध्यानमा राखेर कर्फ्युबारे आवश्यक निर्णय हुने उनले बताए । अस्ति एसईईको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवालाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद शुरु भएको थियो ।

दुई समूहलाई शान्त रहन र संयमता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकादेखि पाँचवटा पालिका हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ ।

कर्फ्यु आदेश भएका क्षेत्रमा भेला, प्रदर्शन, सभासम्मेलन, धार्मिक कार्य गर्न रोक लगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved