कार दुर्घटनापछि रोकियो ‘कमेडी च्याम्पियन’को प्रसारण, कहिलेदेखि सुरु होला ?

नेपालभ्युज

कार दुर्घटनापछि रोकियो ‘कमेडी च्याम्पियन’को प्रसारण, कहिलेदेखि सुरु होला ?

काठमाडौं । चैत दोस्रो साता टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटनामा परेपछि शो रोकिएको छ ।

निर्देशक विशाल भण्डारी केही दिन थुनामा थिए । कमेडी शोका केही प्रतिस्पर्धी घाइते भए । एकजना अहिले पनि उपचाररत छन् । विशाल भण्डारी २ दिन हिरासत बसेर छुटिसकेका छन् । यस घटनाका कारण जारी तेस्रो सिजनको प्रसारण प्रभावित बनेको छ ।

दुईसातायता पुरानै शृङ्खला दोहोर्‍याएर शो प्रसारण भइरहेको छ । नयाँ कार्यक्रम रोकिएपछि शोको प्रसारण अन्योलमा देखिएको छ । दर्शकहरुले नयाँ एपिशोड खोजिरहेका छन् ।

यसको लागि सामाजिक सञ्जाल ह्याण्डलबाट विज्ञप्ति जारी गर्दै प्रस्तुतकर्ता थ्री प्रोडक्सनले आगामी सातादेखि उत्कृष्ट १० को प्रस्तुति हेर्न पाउने बताएको छ ।

दुर्घटनाका घाइते पाँचजना अस्पतालबाट डिस्चार्ज भएको उल्लेख गर्दै उक्त विज्ञप्तिमा सहायक निर्देशक सुशान्त बस्यालको स्वास्थ्यमा सुधार आएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved