नेसपाले इलाम-२ मा स्वतन्त्र उम्मेदवार थेगिमलाई समर्थन गर्ने

नेपालभ्युज

नेसपाले इलाम-२ मा स्वतन्त्र उम्मेदवार थेगिमलाई समर्थन गर्ने

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले उपनिर्वाचनमा इलाम निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ ।

शुक्रबार विज्ञप्ती जारी गर्दै नेसपाले थेगिमलाई मतदान गरी विजयी गराउन मतदाताहरूलाई आह्वान गरेको छ ।

‘समतामुलक समृद्धि, पहिचान र सामार्थ्य सहितको संघीयता, सुशासन/सदाचार, राष्ट्रिय स्वाधिनता र समुन्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेदवार थेगिमलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदाताहरूमा हाम्रो पार्टी हार्दिक आव्हान गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved