दुई समूहबीचको भीडन्तले सुनसरी तनावग्रस्त, थप तीन पालिकामा कर्फ्यू आदेश

नेपालभ्युज

दुई समूहबीचको भीडन्तले सुनसरी तनावग्रस्त, थप तीन पालिकामा कर्फ्यू आदेश

काठमाडौं । सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।

इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिए ।

यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा सुनसरी प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । यो सँगै पाँच स्थानीय तहमा कर्फ्यु जारी भएको छ ।

जिल्लाको भुटाहामा दुई समूहबीचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने अनुमानका बीच अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

भुटाहामा बिहीबार फरक समुदायका युवाबीच झडप भएको थियो । घाइते जीवन मेहताको धरानमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

उक्त कुटपिट घटनाको विरोध गर्दै मेहता पक्षका युवाले आज बिहानैदेखि प्रदर्शन गरिरहेका थिए ।

प्रदर्शनका क्रममा युवाहरुले उश्रृङ्खल अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थिति असहज बनेको विश्लेषण प्रशासनको छ । सोही कारण युवाहरुमाथि आक्रमण भएको बुझिएको छ ।

प्रदर्शनमा बाहिरी जिल्लाबाट समेत मानिस सहभागी हुन थालेको बुझाइ प्रशासनको छ । स्थिति असहज नहोस् भनेर कर्फ्यू लगाएको सुनसरी प्रशासनले स्पष्ट पारेको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved