महिलाको छाती तथा स्तन चिलाउनुका कारण

नेपालभ्युज

महिलाको छाती तथा स्तन चिलाउनुका कारण

एजेन्सी । कतिपय महिलाको ब्रेस्ट अर्थात् छाती तथा स्तनको भागमा चिलाउने समस्या हुन्छ । स्तन वरिपरि चिलाउनुको पछाडि के कारण हुन सक्छ त्यसबारेमा जानौँ।

छाती तथा स्तनको वरिपरि चिलाउने समस्या विभिन्न कारणले हुन सक्छ । छातीको छाला एकदमै संवेदनशील हुन्छ यस्तोमा चिलाउने समस्या भएमा बेवास्ता गर्नु हुँदैन । छाती तथा स्तनको भागमा सरसफाईको पनि पूर्ण रूपमा ध्यान दिनुपर्छ ।

कहिलेकाहीँ छाला रुखो तथा सुख्खा भएको कारणले पनि चिलाउने समस्या हुन्छ । यस्तोमा राहत पाउनका लागि मोइस्चराइजर वा कुनै तेल लगाउन सकिन्छ ।

कहिलेकाहीँ ब्रा फोहोर भएको तथा कपडाको गुणस्तर खराब भएकाले पनि चिलाउने गर्छ त्यस्तो अवस्थामा ब्रा फेर्ने गर्नुपर्छ । साथमा ब्रेस्टको एरिया सफा पनि गर्नुपर्छ ।

कतिपय अवस्थामा कुनै कपडाको एलर्जीको कारणले पनि चिलाउने गर्छ । यस्तोमा सुतीको कपडा मात्र लगाउने गर्नुपर्छ ।

कहिलेकाहीँ ब्याक्टेरियल संक्रमण हुने गर्छ जसले गर्दा स्तन तथा छातीको भाग चिलाउने गर्छ ।

प्रायः महिला फिट देखाउनका लागि कसिलो ब्रा लगाउने गर्छन् । त्यसले गर्मी हुन्छ र पसिना आउने र त्यही चिलाउने समस्या पनि हुन्छ । त्यसैले जहिले पनि खुकुलो तथा आरामदायी कपडा लगाउनु पर्दछ ।

यस्ता समस्याबाहेक महिलाले बच्चालाई दूध चुसाउने बेला यताउता लाग्ने भएकाले चिलाउने, दुधको कारणले कपडा चिसो हुने र त्यसको एलर्जी हुने, महिनावारी, गर्भावस्थाको समयमा पनि चिलाउने समस्या हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved