लुम्बिनीमा नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान हुने

नेपालभ्युज

लुम्बिनीमा नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान हुने

काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन  शुक्रबार दलहरूलाई सरकार गठनका लागि आह्वान गर्ने तयारीमा रहेका  छन्।

प्रदेश प्रमुख शेरचनले  मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका हुन् ।

उनले संविधानअनुसार  शुक्रबार बिहान सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेको प्रदेश प्रमुख शेरचनको सचिवालयले जनाएको छ।

प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नासाथ बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न सकिने संवैधानिक प्रावधान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved