कांग्रेसले संसदीय अराजकता मच्चाएको एमालेको आरोप

नेपालभ्युज

कांग्रेसले संसदीय अराजकता मच्चाएको एमालेको आरोप

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि कांग्रेसले त्यो गर्न नदिएर संसदमा अराजकता मच्याएको बताएका हुन‍् ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले कांग्रेसलाई सत्तामा नभएको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालको गतिविधि नगर्न पनि सचेत गराए । प्रमुख सचेतक बर्ताैलाले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो ? भनि कांग्रेसलाई प्रश्न समेत गरे ।

उनले भने,‘आज उहाँहरुले गृहमन्त्रीलाई बोल्छु भन्दा रोकेर एक प्रकारले भन्ने हो भने राजनीतिक असहिष्णुता र संसदीय अराजकता नेपाली काँग्रेसका तर्फबाट भएको छ । हामी सत्तापक्ष प्रतिपक्षलाई आग्रह गर्न चाहन्छौं, यो हाउसमा प्रतिपक्ष मात्रै छैन ।’

प्रमुख सचेतक बर्ताैलाले संसदीय मूल्य र मान्यतालाई क्षतविक्षत गराउने काम कांग्रेसले गर्न नहुने बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved