नेपालगञ्ज कारागारका एक कैदीको हृदयघातबाट मृत्यु

नेपालभ्युज

नेपालगञ्ज कारागारका एक कैदीको हृदयघातबाट मृत्यु

बाँके । नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताए ।

उनका अनुसार बुधबार बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासी छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहँदै आएका कारागार कार्यालयले जनाएको छ ।

गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved