पत्नी बीबीलाई खानामा विष हालेर दिइएको इमरान खानको आरोप

नेपालभ्युज

पत्नी बीबीलाई खानामा विष हालेर दिइएको इमरान खानको आरोप

काठमाडौं । पाकिस्तानको रावलपिंडीस्थित अदियाला जेलमा दुईवटा मुद्दामा सजाय काटिरहेका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नी पत्नी बुशरा बीबीलाई खानामा विष हालेर दिइएको आरोप लगाएका छन् ।

इमरानले अस्थायी अदालतमा सुनुवाइका क्रममा यी आरोप लगाएका हुन् ।

बानीगालास्थित आलिशान घरमा नजरबन्दमा रहेकी बुशरालाई खानामा विष हालेर दिएको खानले बताए ।

बुशरालाई कुनै नोक्सान भए सेना प्रमुख जनरल असिम मुनीर जिम्मेवार हुने खानले चेतावनी दिए ।

करिब ४५ मिनेटको सुनुवाइका क्रममा इमरानले न्यायाधीश नासिर जावेद राणालाई भने, ‘मेरी श्रीमतीलाई विष दिइएको छ । यस विषका कारण बुशराको शरीर र जिब्रोमा दाग देखा परेको छ । यसको पछाडि कसको हात छ मलाई थाहा छ ।’

‘‘यदि बुशरालाई केही भयो भने पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीर जिम्मेवार हुनेछन् ।’ खानले थप भने ।

सुनुवाइमा बुशरा पनि उपस्थित थिइन् । उनले भनिन्, ‘मलाई सामाजिक सञ्जालमा अमेरिकी एजेन्ट भनिएको छ । मलाई मेरो खानामा तीन थोपा ट्वाइलेट क्लिनर मिसाइएको थियो । यसपछि मलाई समस्या हुन थाल्यो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved