फेसबुकमा केटाको पोस्टमा कमेन्ट गरेको भन्दै प्रधानाध्यापकले कुटे विद्यार्थी

नेपालभ्युज

फेसबुकमा केटाको पोस्टमा कमेन्ट गरेको भन्दै प्रधानाध्यापकले कुटे विद्यार्थी

झापा । झापाको कमल गाउँपालिकामा रहेको मङ्गलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

प्रधानाध्यापक बगालेले फेसबुक स्ट्याटसमा कमेन्ट गरेको निहुँमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई निर्घात कुटपिट गरेका हुन् ।

अर्को विद्यार्थीले फेसबुक पोस्टमा प्रधानाध्यापकको विषयमा आलोचना गरेर लेखेका थिए । त्यसमा आफूले ‘थोरै भएन र’ कमेन्ट गरेको निर्जलाले बताइन् । मंगलबार विद्यालयको कार्यालयमा प्रधानाध्यापक बगालेले खानेपानीको नालाले खुट्टामा कुटेको उनले बताइन् ।

कुटपिटबाट बालिकाको खुट्टामा नीलडाम छ । कुटपिटपछि प्रधानाध्यापक बगालेले निर्जलाको बुबालाई बोलाएर कागजसमेत गराएका थिए ।

कुटपिटमा संलग्न प्रधानाध्यापक बगालेले घटना बारे छलफल गर्न आफू इलाका प्रहरी कार्यालय दमकमा आएको बताएका छन् ।

कमल गाउँपालिकालाई दुई महिनाअघि मात्र बालमैत्री गाउँपालिका घोषणा गरिएको थियो । बालमैत्री भनिएको पालिकामै बालबालिकामाथि हिंसा भइरहेको देखिएको छ ।


Comment

One thought on “फेसबुकमा केटाको पोस्टमा कमेन्ट गरेको भन्दै प्रधानाध्यापकले कुटे विद्यार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved