आग्रीगाउँ युवा समाजको दोस्रो साधारण सभा सम्पन्न

नेपालभ्युज

आग्रीगाउँ युवा समाजको दोस्रो साधारण सभा सम्पन्न

काठमाडौं । दोलखाको आग्रीगाउँ युवा समाजले दोस्रो साधारण सभा सम्पन्न गरेको छ । स्थानीय युवाहरूको सक्रियतामा निरन्तर सामाजिक कार्यमा अघि बढिरहेको उक्त समाजले आइतबार ललितपुरमा दोस्रो साधारण सभा सम्पन्न गरेको हो ।

लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेको उक्त संस्थाले समाजका विपन्न परिवारको सारथि बन्न प्रयत्नरत रहेको आग्रीगाउँ युवा समाजका महासचिव सुमन श्रेष्ठले बताएका छन् । समाज बनाउन स्थानीय युवाहरू नै अग्रसर हुनुपर्ने उनको मान्यता छ ।

उनले भने, ‘दुख, पिडामा रहेका बालबच्चा तथा वृद्धवृद्धाहरुलाई सहयोग र उद्धार गरिरहेका छौँ । समाजमा भएका स्टार्टअप व्यवसायीहरुलाईपनि लगानीको वातावरण र अवसरहरू दिएर सहयोग गर्दै हामी अघि बढिरहेका छौँ ।’

समाज विकासको लागि देशभरका युवाहरूलाई एक ठाउँमा ल्याउने संस्थाको उद्देश्य रहेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved