काठमाडौंमा हावाहुरी चल्दा त्रिभुवन विमानस्थलमा उडान-अवतरण प्रभावित, चार विमान ओर्लन सकेनन्

नेपालभ्युज

काठमाडौंमा हावाहुरी चल्दा त्रिभुवन विमानस्थलमा उडान-अवतरण प्रभावित, चार विमान ओर्लन सकेनन्

काठमाडौं । काठमाडौंमा शनिबार साँझ हावाहुरी चलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(TIA)मा विमान उडान अवतरण प्रभावित भएको छ ।

अचानक मौसममा आएको परिवर्तनका कारण बेलुका विमान उडान–अवतरण प्रभावित भएको हो ।

काठमाडौंमा मौसम प्रतिकूल हुँदा काठमाडौं अवतरण हुने विमान ‘डाइभर्ट’ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाले झापाको भद्रपुरबाट आएको बुद्ध एयरको विमान विराटनगर डाइभर्ट भएको बताए ।

बुद्ध एयरकै सिमराबाट आएको विमान सिमरा नै र भैरहवाबाट आएको विमान भैरहवा नै डाइभर्ट भएका छन् ।

जनकपुरबाट आएको यती एयरलाइन्सलाई पनि जनकपुर नै फर्काइएको झाले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved