सहकारी प्रकरणमा गृहमन्त्रीबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै

नेपालभ्युज

सहकारी प्रकरणमा गृहमन्त्रीबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।

शनिवार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरु कायमै रहेको बताएकी हुन् ।

कांग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगीबारे संसदीय छानविन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

बैठकमा सभामुख घिमिरेले सदंनको अवरोध हटाउनका लागि आग्रह गरेका थिए । त्यस विषयमा आइतबार बस्ने पार्टी पदधिकारी बैठकले आवश्यक निर्णय लिने पनि सचेत थिङले बताइन् ।

सचेतक थिङका अनुसार दलहरुबीच राजनीतिक दलसम्बन्धि विधेयक चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिनेछ ।

कांग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसदमा पस्तुत गर्न नपाउने जिकिर गर्दै संसद अवरुद्ध पारेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved