ट्याक्सीसहित त्रिशूलीमा खसेका पाँच जनाको शव फेला

नेपालभ्युज

ट्याक्सीसहित त्रिशूलीमा खसेका पाँच जनाको शव फेला

काठमाडौं । काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी शनिबार बिहान त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँच जनाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको हो ।

ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् ।

मृतकको पहिचान खुलिनसकेको प्रहरीकाे भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved