जथाभावी फोहर फाल्दै हुनुहुन्छ ? होसियार ठूलो रकम जरिवानामा पर्नुहोला

नेपालभ्युज

जथाभावी फोहर फाल्दै हुनुहुन्छ ? होसियार ठूलो रकम जरिवानामा पर्नुहोला

पर्सा । जथाभाबी फोहोर फाल्नेविरुद्ध वीरगन्ज महानगरपालिका कडा रुपमा लागेको छ । वीरगन्जलाई सफा महानगर बनाउने लक्ष्यका साथ गरिएको हो ।

महानगरले चालु आर्थिक वर्ष २०८०\८१ को आठ महिनामा जथाभाबी फोहोर फाल्नेबाट ११ लाख ६५ हजार नौ सय रुपैयाँ जरिवानाबापत राजस्व सङ्कलन गरेको छ ।

जथाभाबी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी तीन सय ८० जनामाथि महानगरले कारबाही गरेको हो ।

महानगरपालिकाको सरसफाइ शाखा प्रमुख सरफुद्दिन मियाँका अनुसार २०७९ साल पुस १७ गतेदेखि जरिबानाको नियम लागू भएकोमा अहिलेसम्म नौ सय जना कारबाहीमा परिसकेका छन् ।

महानगरले २७ लाख दुई हजार छ सय पाँच रुपैयाँ जरिबानाबापत राजस्व सङ्कलन गरिसकेको छ । अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने महानगरको योजना छ ।

सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सफाइ हुँदै आएको छ । बर्खायाम शुरु हुनुअघि महानगरभित्रका सबै नाला सफा गरिसक्ने प्रमुख मियाँले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved