धारामा पद्मा नुहाउँदै गर्दा देवलाल आएर जिस्काए, प्रतिवाद गरेपछि हँसियाले हानेर ज्यान लिए

पक्राउ परेका सागरले दिएको बयान अनुसार मंगलबार दिउँसो १२ बजे उनी गोठमा काम गरी हँसिया लिएर फर्किरहेका थिए । यता पद्मा धारामा लुगा धोएर डोकोमा हाल्दै गरेकी थिइन् । त्यसबेला दुई जनाको भेट भयो । सागरले पद्मालाई जिस्काए । पद्माले गाली गरिन् । त्यसपछि…

नेपालभ्युज

धारामा पद्मा नुहाउँदै गर्दा देवलाल आएर जिस्काए, प्रतिवाद गरेपछि हँसियाले हानेर ज्यान लिए

पाल्पा। पाल्पामा रिब्दीकोट १ ख्याहा बस्ने १९ वर्षीया पद्मा सुनार  मंगलबार बिहान ९ बजे धारामा नुहाउन र लुगा धुन गइन् । घरबाट १५ मिनेट पर लप्सीखोला हिँडेकी थिइन् । लप्सीखोला दुई किलोमिटर टाढा थियो ।

तर दिउँसो ३ बजेसम्म फर्किइनन् । घरपरिवार उनको खोजीमा निस्किए । खोज्दै जाँदा पद्माको कपडा र सामान कराम्दी जाने गोरेटोमा भेटियो । सामान छरिएको फालिएको अवस्थामा थियो । त्यसपछि कुनै घटना भएको हुनसक्ने आशंका भयो ।

साँझ ५ बजे प्रहरी आएर खोजी गरे । अनुसन्धानका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड, केनाइन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाइयो ।

खोजीको क्रममा पद्मा त्यहाँबाट अन्दाजी २० मिटर तल खरबारीमा रगताम्य अवस्थामा फेला परिन् । तर सास गइसकेको अवस्थामा ।

उनको टाउको, घाँटी, हातमा धारिलो हतियारबाट प्रहार गरिएका चोटहरू थिए । त्यही दिन प्रहरीले मुचुल्का, प्रमाण संकलन गरी शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठायो ।

प्रहरीले अनुसन्धानका लागि त्यस दिन ३ -४ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुसन्धान गर्दा उनको मोबाइलको लोकेशन गाउँ जनिकै एक घरमा देखियो । त्यो घरमा प्रहरीले मोबाइलसहित रगतलागेको कपडा, हँसिया समेत बरामद गर्‍यो । त्यसपछि थाहा भयो, पद्माको हत्यारा ।

उनी रिब्दीकोट १ लप्सीखोला कै १९ वर्षीय सागर भन्ने देवलाल सार्की रहेको र पक्राउ गरिएको पाल्पाको डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । ‘‘प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग भई हत्या भएको हुनसक्ने देखिएको थियो । सोधपुछ र प्रमाण संकलन गरी सागरमाथि म्याद थप गर्न लागेका हौँ,’’ उनले भने ।

सागरले यसरी गरेका थिए पद्माको हत्या

पक्राउ परेका सागरले दिएको बयान अनुसार मंगलबार दिउँसो १२ बजे उनी गोठमा काम गरी हसिँया लिएर फर्किरहेका थिए । यता पद्मा (padma sunar) धारामा लुगा धोएर डोकोमा हाल्दै गरेकी थिइन् । त्यसबेला उनीहरू दुई जनाको भेट भयो ।

सागरले पद्मालाई जिस्काए । पद्माले गाली गरिन् । दुवै जनाबीच भनाभन भयो । डिएसपी श्रेष्ठका अनुसार सागर रिसाहा स्वभावका छन् । उनीहरूबीच विवाद चर्किएपछि सागरले पद्मालाई हसिंयाले हाने ।

सागरले आवेगमा आएर पद्मामाथि हँसियाले प्रहार गरेको बयान दिएको स्विकारेको प्रहरीले जनाएको छ । हँसिया प्रहारपछि उनले पद्मालाई २० मिटर तल घिसारेर खरबारीमा पुर्‍याएका थिए । त्यहाँ पनि उनको टाउकोमा दुई\तीन पटक प्रहार गरेको बताएका छन् ।

पँधेरोमा नुहाउन गएकी १९ वर्षिया युवतीको विभत्स हत्या


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved