पँधेरोमा नुहाउन गएकी १९ वर्षिया युवतीको विभत्स हत्या

नेपालभ्युज

पँधेरोमा नुहाउन गएकी १९ वर्षिया युवतीको विभत्स हत्या

काठमाडौं । पाल्पामा विभत्स अवस्थामा १९ वर्षिया युवतीको शव भेटिएको छ । १९ वर्षीया पद्मा सुनार(Padma Sunar)को शव भेटिएको हो ।

उनी कक्षा १२ मा अध्ययनरत थिइन् । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा सुनारको घाँटी रेटेर विभत्स ढंगले हत्या (murder)गरिएको अवस्थामा शव फेला परेको हो ।

घर नजिकैको पँधेरोमा नुहाउन गएकी सुनारको धारिलो हतियारले शरीका विभिन्न भागमा प्रहार गरेर हत्या गरेको अवस्थामा स्थानीयले हिजो साँझ शव फेला पारेका थिए ।

दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्नेक्रममा हत्या गरेर फालेको अवस्थामा उनको शव भेटिएको स्थानीयले बताए ।

उनको घाँटी र हातका औला काटिएका छन्, घटनास्थलको प्रकृती हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको अनुमान छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बिहानदेखि अनुसन्धान थालिएको बताए । उनले अनुसन्धानका लागि लागि भैरहवाबाट कुकुर घटनास्थलमा लगिएको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved